मोरङ । मुक्तककार  नेत्र खतिवडाको मुक्तककृति ‘ढुङ्गो फुलेपछि’ को लोकार्पण भएको छ । विष्णुमाया पुस्तकालय विराटनगरमा नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेश शाखाले एक कार्यक्रमको आयोजना गरेर उक्त कृतिको लोकार्पण गरेको हो ।

विराटनगर प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष, प्राज्ञ विवश पोखरेल प्रमुख अतिथि रहेको उक्त, अग्रज स्रष्टा बलराम पोखरेल, नरेन्द्र चापागाईं साहित्य प्रतिष्ठानका संरक्षक सरला चापागाईं, प्राध्यापक कविराज न्यौपाने, नेपाल चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी, प्राडा मेदिनीप्रसाद शर्मा, प्रा.डा. हरिहर भण्डारी,  महाकाव्यकार डम्मरुबल्लभ भण्डारी, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा साहित्यका अतिरिक्त विभिन्न सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।  

लोकार्पित कृतिमाथि भूषण ढुङ्गेल र उमेश लुइटेलले समीक्षा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा हरि कट्टेल, दिङ्गलाली कान्छो, प्रयाग न्यौपाने, हरिप्रसाद बराल, गोविन्द ढुङ्गाना, चूडामणि नेपाल अकिञ्चन, लीलानाथ सिलवाल, रमेन्द्र कोइराला, रोमु अधिकारी, उमनाथ भट्टराई, उमनाथ घिमिरे अचल, रमेन्द्र कोइराला, गोपाल निर्भीक, निरज कोइराला, नवराज पोखरेल ‘नवशिला’, नानुमैया दाहाल, अम्बिका खरेल उप्रेती, उद्धव केसी, प्रमोद ढकाल, पुष्पा सायरा, जमुना पौड्याल, निर्मला कोइराला, लक्ष्मी रायमाझी, लक्ष्मी पोखरेल, शारदा कार्की, भीम कोइराला, शैलेन घिमिरे, मुक्ति पोखरेल, मञ्जु दाहाल घिमिरे, डोमी कामत, राजेन्द्र गुरागाईँ, निर्मला नेपाल, चिरञ्जीवी काफ्ले, निर्मला कोइराला, पूजा बहार, सुजता राई, कुशेश्वर राईलगायतका स्रष्टा÷कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो

कार्यक्रममा नानुमैया दाहाल, पुष्पा सायरा, नवराज पोखरेल ‘नवशिला’ र प्रज्ञा कट्टेलले कृतिभित्रबाट रचना वाचन गरेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मी रायमाझीले उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन् ।

नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव मदन भण्डारीको रहेको थियो ।