सरकारले पेट्रोल र डिजेलको मूल्य बढाएको छ। 

नेपाल आयल निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको हो। निगमले शनिवार एक विज्ञप्ति जारी गरी राति १२ बजेबाट लागू हुने जनाएको छ।

भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्य सूची आएको निगमले जनाएको छ।

तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँमा मात्रै वृद्धि गरेको विज्ञप्तिमा छ।