विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लेमोरङ क्षेत्र नम्बर ३ ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आफ्ना सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। क्षेत्रीय तहबाट भएको छलफलपश्चात् प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीका लागि नेताहरूको नाम जिल्ला कमिटीमा पठाइएको हो।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ मोरङ ३ बाट ६ जना नेताहरूको नाम सिफारिसमा परेको छ। सिफारिस हुनेहरूमा सावित्री कुमार काफ्ले, डा. देउमान सम्बाहाम्फे, चन्द्र बहादुर गुरुङ, लाल बहादुर सुस्लिङ, सन्तोष लिम्बु र चन्द्रकला सुब्बा रहेका छन्। यी नामहरूमाथि जिल्ला कमिटीले थप छलफल गरी अन्तिम टुङ्गो लगाउने बुझिएको छ।
त्यसैगरी, समानुपातिकतर्फ ८ जनाको नाम अगाडि सारिएको छ। जसमा पूर्व जनमुक्ति सेनाकी कमाण्डर लिला कटवाल ‘रन्जु’ सिमा चौधरी, कंचन कुलुङ, सुशिला घिमिरे, मान प्रसाद लिम्बु, अमृत सुब्बा, अरुण सुन्दास र चन्द्र बहादुर गुरुङको नाम पनि समानुपातिकको सूचीमा समावेश छ। जिल्ला कमिटीले भोलिसम्ममा प्राप्त नामहरूमा आवश्यक काटछाँट र थपघट गरी उम्मेदवारहरूको अन्तिम नामावली केन्द्रमा पठाउने तयारी गरेको छ।




















