नेपाली कम्युनिष्ट पार्टीले झापाको पाँचवटै क्षेत्रका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। नेकपा जिल्ला कमिटी झापाले उनीहरुको नाम सिफारिस गरेको हो।

क्षेत्र नं ४ का लागि प्रत्यक्षतर्फ झलकसिंह दर्लामी (सन्देश), पुरुषोत्तम चुडाल, टिकेन्द्रप्रसाद चम्लागाँई (मनिष), अम्बिका उप्रेती र प्रतिक राजवंशी सिफारिस भएका छन्।

जिल्ला कमिटी झापाले जेनजी तर्फबाट चम्लागाँईलाई सिफारिस गरेको छ। चम्लागाँई त्रिभुवन विश्वविद्यालयका विद्यार्थी नेता हुन् भने उनी विगत लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन्।

उनी सामाजिक, शैक्षिक तथा राजनितिक विषयमा निरन्तर रुपमा आवाज उठाउँदै आएका छन्। उनी झापामा पनि सामाजिक कार्यमा सक्रिय छन्।