नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता पम्फा भुसालले आफू प्रत्यक्ष र समानुपातिक उम्मेदवार नबन्ने बताएकी छन्।
‘अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने मेरो मत रहेको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेकी छन्।
अरु नेता पनि नदोहरिनु उचित हुने भन्दै उनले लेखेकी छन्, ‘राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ।’




















