दि रिभर ओभरसिजआइकासन टिमले झापा जिल्लाको सुरुङ्गामा शुक्रबार र शनिबार दुई दिनसम्म कार्यक्रम सम्पन्न गरेपछि आज आइतबारदेखि बेलबारीमा  दुई दिनसम्म प्रत्यक्ष अन्तर्वार्ता सञ्चालन गरिरहेको छ।

उम्मेदवारहरूलाई काठमाडौं बोलाउँदा हुने अनावश्यक खर्च, झन्झट र हैरानीबाट जोगाउन गाउँ–ठाउँमै सेवा उपलब्ध गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। उम्मेदवारहरूको खाना, बसोबास तथा सेवा–सुविधालाई ध्यानमा राख्दै अन्तर्वार्ता स्थानीय तहमै सञ्चालन गरिएको हो।

दरबार ओभरसिज र आइकासन टिमका प्रतिनिधिहरूका अनुसार योग्य, सक्षम र क्यापेबल उम्मेदवारहरूले यसै प्रक्रियामार्फत सीधा वैदेशिक रोजगारीको अवसर प्राप्त गर्नेछन्।

ri2

रोजगारी प्रक्रिया Zero Cost

आयोजकले रोजगारी प्रक्रिया पूर्ण रूपमा निःशुल्क (Free Visa, Free Ticket, Zero Cost) रहेको स्पष्ट पारेका छन्।

उम्मेदवारका साथी, आफन्त, एजेन्ट, सब–एजेन्ट, म्यानपावरका कर्मचारी वा कुनै पनि ब्रान्च अफिसरले पैसा मागेमा त्यो गैरकानुनी कार्य हुने बताइएको छ।

“कसैलाई पनि एक रुपैयाँसमेत दिनु पर्दैन,” आयोजकले स्पष्ट पारेका छन्। यदि कसैले पैसा मागेको प्रमाण फेला परेमा भिसा र टिकट भइसकेको अवस्थामा पनि सम्पूर्ण प्रक्रिया तुरुन्त रद्द गरिने चेतावनी दिइएको छ।

ठगीले सबैलाई असर गर्छ

पैसा दिएर प्रक्रिया अघि बढाउँदा व्यक्ति मात्र होइन, कम्पनी बदनाम हुने, नेपाली श्रमिकको इज्जतमा आँच आउने र भविष्यमा सबैका लागि रोजगारीको अवसर बन्द हुने खतरा रहेको आयोजकको भनाइ छ। त्यसैले यस्तो बेथिति रोक्न म्यानपावर पक्ष प्रतिबद्ध रहेको र उम्मेदवारहरू पनि सजग हुनुपर्नेमा जोड दिइएको छ।

निडर भएर अन्तर्वार्ता दिन आग्रह

अन्तर्वार्ताका क्रममा डर नमान्न, कुनै पनि दबाब नलिन र आफ्नो क्षमता, अनुभव तथा योग्यता आत्मविश्वासका साथ प्रस्तुत गर्न उम्मेदवारहरूलाई आग्रह गरिएको छ।

सबै उम्मेदवारलाई सफलताको शुभकामना दिँदै आयोजकले धेरैजसो उम्मेदवार सफल हुने विश्वास व्यक्त गरेका छन्।

ri3

यदि कुनै उम्मेदवार असफल भए पनि निराश नहुन, त्यसलाई अनुभवका रूपमा लिएर पढाइ, व्यवहार वा अनुभवमा सुधार गरी आगामी अवसरमा पुनः सहभागी हुन सुझाव दिइएको छ। आयोजकका अनुसार विगत २२ वर्षदेखि यस्ता रोजगारीका अवसर निरन्तर प्रदान गर्दै आइएको छ।

गुनासो तथा उजुरीका लागि सम्पर्क

यदि कसैले फोन, एसएमएस वा भेटघाटमार्फत पैसा मागेमा तुरुन्त उजुरी गर्न आग्रह गरिएको छ।

गुनासो नम्बर (Compliance Department): 89012-46245

उजुरीका क्रममा WhatsApp, Call Recording वा SMS Screenshot जस्ता प्रमाण उपलब्ध गराउन सकिनेछ। प्राप्त उजुरी गोप्य राखी छानबिनपछि तुरुन्त कारबाही गरिने आयोजकले जनाएको छ।