पटना, भारतमा सम्पन्न एसियाली बल ब्याडमिन्टन च्याम्पियनसिपमा सुन्दरहरैंचा स्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुलका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएका छन्।

WhatsApp Image 2025-12-30 at 10.27.19 AM (1)नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी विद्यालयका बल ब्याडमिन्टन टोलीले विभिन्न विधामा दोस्रो उपविजेता (कांस्य पदक) हासिल गर्न सफल भएको हो। प्रतियोगितामा विद्यालयले छात्र टिम इभेन्ट, छात्रा टिम इभेन्ट, छात्र डबल्स, छात्रा डबल्स तथा मिक्स डबल्स विधामा दोस्रो उपविजेता स्थान प्राप्त गरेको छ।

WhatsApp Image 2025-12-30 at 10.27.17 AM (1)विद्यालयका अनुसार खेलाडीहरूको अनुशासन, निरन्तर अभ्यास, मेहनत र समर्पण तथा प्रशिक्षकहरूको प्रभावकारी प्रशिक्षणका कारण यो सफलता सम्भव भएको हो। उक्त उपलब्धिप्रति विद्यालय परिवार, अभिभावक तथा खेल प्रेमीहरूले खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

Scयस उल्लेखनीय उपलब्धिले ब्राइट फ्युचर सेकेन्डरी स्कुलसँगै सम्पूर्ण नेपालीलाई अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा थप पहिचान दिलाएको छ।

WhatsApp Image 2025-12-30 at 10.27.18 AM (1)