मोरङ। ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले साहित्यिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। सुन्दरहरैँचा –९, विराटचोकमा रहेको ‘वैरागी कुटी’ मा आयोजना गरेर उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।  

वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई र उहाँकी धर्मपत्नी डा. अञ्जना भट्टराई पूर्व आएको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, डा. छवि वैरागी घिमिरे, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, सुन्दरहरैँचा कला साहित्य विकास समितिका सचिव गीताप्रसाद श्रेष्ठ, प्रलेस नेपालका केन्द्रीय सचिवालय सदस्य तिला लेकालीलगायतका विशिष्ट साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। 

5a7e8d62-6e19-4fa1-a9e1-40f78bcd7544उक्त अवसरमा नारायणप्रसाद शर्मा फुयाल, विष्णु भण्डारी आचार्य, नवराज पोखरेल ‘नवशिला’, प्रकाश भट्टराई, सिजन श्रेष्ठ, खेमचन्द्र अधिकारी, रूपनारायण श्रेष्ठ, एकराज भट्टराई, नवीन रिजाल, अनिल पोखरेल, कृष्णचन्द्र सुवेदी, उर्मिला सुवेदी पौडेलगायतका स्रष्टारकलाकारहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा साहित्यका अतिरिक्त सामाजिक क्षेत्रका व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।  

प्रा.डा भट्टराईबाट आफ्ना अनुभव र अनुभूति बताएको उक्त कार्यक्रममा हर्कमान तामाङ, डा. अञ्जना भट्टराई, डा. छवि वैरागी घिमिरे, केशु विरही, पुरन याक्खा, तिला लेकालीलगायतकाले आ–आफ्ना धारणा राखेका थिए। 

कोसी साहित्य–कला परिषद् नेपालले औपचारिक कार्यक्रमका अतिरिक्त यस्ता अनौपचारिक रूपमा गरिने साहित्यिक भेटघाट तथा विमर्श कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ। यस संस्थाले किसान, समजदुर, ज्येष्ठ नागरिक तथा बालबालिका लक्षिक साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।