“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित डाँगीहाट ब्याडमिन्टन क्लबको आयोजनामा स्वर्गीय बलबहादुर मगर स्मृति कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।


प्रतियोगिता २०८२ माघ १६ र १७ गते दुई दिनसम्म मोरङको बेलबारी नगरपालिका–११, लक्ष्मीमार्ग स्थित डाँगीहाट ब्याडमिन्टन क्लब तथा इन्द्रेणी ब्याडमिन्टन क्लबमा सञ्चालन हुनेछ। प्रतियोगितामा कोशी प्रदेशभरका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।


प्रतियोगितामा मेन्स डबल्स (B लेभल), ४५+ भेट्रान्स, इन्टर सदस्य, महिला डबल्स र १५ वर्षमुनि पुरुष डबल्स गरी पाँच विधामा खेल सञ्चालन गरिनेछ।मेन्स डबल्स (B लेभल), ४५+ भेट्रान्स, इन्टर सदस्य र महिला डबल्स विधाका लागि रु. २,००० प्रवेश शुल्क तोकिएको छ भने १५ वर्षमुनि पुरुष डबल्स विधाका लागि रु. ५०० प्रवेश शुल्क लाग्नेछ।  प्रतियोगिताका बिजेताले मेन्स डबल्स (B लेभल)विधाका  प्रथम हुने  नगत  ४१,००० द्वितीय हुने नगत  ३१ ,००० तृतीय हुने नगत  २१ ,००० मेडल ट्रफी प्रमाण पत्र प्राप्त गर्ने छ भने ४५+ भेट्रान्स विधाका प्रथम हुने  नगत  २५,०००द्वितीय हुने नगत १५,०००तृतीय हुने नगत १५,००० मेडल ट्रफी प्रमाण पत्र प्राप्त गर्ने छ। त्यसै गरि अर्को विधा इन्टर सदस्यप्रथम हुने नगत  १२,०००द्वितीय हुने नगत  १०,०००तृतीय हुने नगत  १ ०,००० मेडल ट्रफी प्रमाण पत्र प्राप्त गर्ने छ भने महिला डबल्स विधाका प्रथम हुने नगत  २५,०००द्वितीय हुने नगत . १५,०००तृतीय हुने नगत . १५,००० मेडल ट्रफी प्रमाण पत्र प्राप्त गर्ने छ।त्यस्तै १५ वर्षमुनि पुरुष डबल्स विधाका बिजेताले प्रथम हुने नगत १० हजार द्वितीय हुने नगत आठ हजार तृतीय हुने नगत  छ हजार मेडल ट्रफी प्रमाण पत्र प्राप्त गर्ने छ। प्रतियोगिताका नियम हरु 


सम्पूर्ण खेलहरू BWF र NBA का नियमअनुसार सञ्चालन गरिनेछन्। प्रत्येक विधाको क्वार्टरफाइनलदेखि BWF ले तोकेको टिसर्ट अनिवार्य लगाउनुपर्नेछ। खेलाडीहरूले खेल सुरु हुनु अघि कम्तीमा ३० मिनेट अगाडि हलमा उपस्थित भई हाजिरी गराउनुपर्नेछ।

WhatsApp Image 2026-01-04 at 11.42.18 AM

नाम दर्ता (प्रवेश मिति) २०८२ माघ १४ गतेसम्म गरिसक्नुपर्ने आयोजकले जनाएको छ। ४५ वर्ष उमेर समूहका खेलाडीहरूले B लेभल स्वतः खेल्न पाउने व्यवस्था गरिएको छ। खेलाडीमाथि दाबी–विरोध गर्नुपरेमा ३० मिनेटभित्र रु. २,००० धरौटीसहित निवेदन पेश गर्नुपर्नेछ। QR मार्फत शुल्क भुक्तानी गर्दा स्क्रिनसट अनिवार्य पठाउनुपर्ने नियम राखिएको छ। प्रतियोगितामा उत्पन्न हुने कुनै पनि विवादमा आयोजकको निर्णय अन्तिम हुनेछ।


प्रतियोगितामा प्रदेशस्तरमा जोडी बनाएर खेल्न नपाउने खेलाडीहरूको सूचीसमेत सार्वजनिक गरिएको छ। सूचीमा संगम गिरी, आन्देश लिम्बू, अनमोल राई, दर्पन केरुङ, मन्दीप घले, प्रदीप श्रेष्ठ, सुरज राना मगर, घनेन्द्र बस्नेत, जुनुन राई, निरज सिलवाल, उत्सव उप्रेती, किरण श्रेष्ठ, शैलेश आङ्देम्बे, योदेश राई, ज्योतिहा राई, जोन जोसराज, सन्जुहाङ लिम्बू, सुवास लिम्बू, ज्ञानु लिम्बू, दिनेश भट्टराई, सन्देश रायमाझी, चाणक्य पाठक, रविन साउदेन, सुजल चौधरी, जेनीस मगर, प्रतिक बिष्ट, मिशेक लिम्बू र आशिष बिष्ट रहेका छन्।