फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका लागि महेश बस्नेत उम्मेदवार सिफारिस भएका छन्।
नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले सचिव बस्नेतलाई एकल उम्मेदवार सिफारिस गरेको हो।
नेता बस्नेत २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी झिनो मतले पराजित भएका थिए ।
यसअघि उम्मेदवारीको दाबेदारी गर्दै आएका नेताहरू राजेन्द्र राजथला र अनिल श्रेष्ठले नाम फिर्ता लिएपछि बस्नेतको एकल नाम तय भएको हो। उम्मेदवारी फिर्ता लिएर आफूलाई सहयोग गरेकोमा बस्नेतले दुवै नेतालाई धन्यवाद दिएका छन्।




















