मोरङको सुनवर्षी-१ स्थितबाट पथरी शनिश्चरे-६ का बिवेक तिमल्सिना लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका छन्।
मोरङको प्रहरी चौकी अमरदहले चेकजाँचको क्रममा पुस २३ गते ३ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित उनलाई पक्राउ गरेको हो।
त्यस्तै, उदयपुरको अस्थाइ प्रहरी पोष्ट बगाहाले त्रियुगा नगरपालिका-४ बगाहा खोला स्थित काँस घारीमा झोलामा बेवारिसे अवस्थामा राखेको ३० किलोग्राम गाँजा फेला पारी बरामद गरेको छ।




















