आज सुनको मूल्य तोलामा २ हजार एक सय रुपैयाँले बढेर २ लाख ६७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी तोलामा ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो।




















