नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नाम र इतिहासले मात्रै अब जनताले भरोसा गर्न नसक्ने बताएका छन्।

मंगलबार पार्टीको विशेष महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै थापाले नेताहरूको सन्देशले मात्रै अब जनतामा पर्याप्त भरोसा जागृत गर्न नसकिने बताएका हुन्।

‘हामी यस्तो ठाँउमा पुग्यौ- हाम्रो पार्टीको नाम र इतिहास ठूलो त छ, तर हाम्रो फगत सन्देशले मात्र अब जनतामा पर्याप्त भरोसा जागृत गर्न सक्दैन,’ उनले भने, ‘तर यथार्थ के हो भने आज हामी एकै पटक विश्वासको संकट र प्रासंगिकताको प्रश्नसँग जुधिरहेका छौं। जनता ‘विशेष गरी युवा पुस्ताले अहिले कांग्रेसलाई साहस होइन, सम्झौतासँगः आदर्श होइन, अवसरवादसँग निष्ठा होइन, भ्रष्टाचारसँग जोड्न थालेका छन्।’

प्रतिवेदनमा उनले आजको परिदृष्य र नेपाली कांग्रेस भन्ने शीर्षकमा यसबारे प्रष्ट पारेका छन्।