नेपाली कांग्रेसका नेताहरूले नेतृत्व परिवर्तनको माग गर्दै विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नाराबाजी गरेका छन्।

विशेष महाधिवेशनमा सहभागी नेताहरूले अब नेतृत्व परिवर्तन गर्नुपर्ने माग राखेका हुन्।

उनीहरूले संस्थापन पक्षसँग गर्ने सहमति नमान्ने समेत बताएका छन्।

महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान भएको विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्ने दबाब बढेको छ।

यसअघि मंगलबार बिहान संस्थापन पक्षसँग वार्ता भएको थियो। तर वार्तामा सहमति नजुटेको बताइएको छ। 

महाधिवेशन हलभित्र र बाहिर दुवैतिर नाराबाजी भएको छ।