मोरङको बेलबारी नगरपालिका–२ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.३५ प ९७५९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बाटो क्रस गर्दै गरेका पैदलयात्री लालभित्तीका अन्दाजी ७९ वर्षीय जसबहादुर राईको बिहीबार साँझ मृत्यु भएको छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।



















