नेपाली काँग्रेसले शनिबार मधेसका चार जिल्लामा चुनावी सभा गर्दैछ। कांग्रेसले आज सर्लाही, रौतहट, बारा र पर्सामा चुनावी सभा गर्न लागेको हो।
चार वटै जिल्लामा हुने सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन्। उनले सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन्।
त्यस्तै, सभापति थापाले आइतबार फागुन १७ गते काठमाडौँ उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन्।



















