राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) लाई आफ्नो सधैँ माया रहने प्रतिक्रिया दिएका छन्।

आइतबार सुनसरी–१ मा विजयी भएपछि हर्कले आफू पहिलो भएको खुसी फेसबुकमा उल्लेख गरेका थिए। ‘लु अब चाहीँ सुनसरी–१ बाट म पहिलो भएको घोषणा गर्दछु। जय माटो, जय देश, जय श्रम संस्कृति,’ हर्कले लेखेका छन्।

जसको कमेन्टमा बालेनले प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘तपाईँलाई सधैँ माया थियो। छ र रहन्छ। तपाईँ र धरानलाई सधैँ माया छ।’