प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिरमा पुगेर धार्मिक विधिअनुसार पूजा-अर्चना गरेकी छन्। उनी सुर्खेतबाट हेलिकप्टरमार्फत सिधै जनकपुर पुगेकी हुन्।

प्रधानमन्त्रीको स्वागतका लागि मन्दिर परिसरमा विशेष व्यवस्थासहित रातो कार्पेट समेत बिछ्याइएको थियो। मन्दिरको गर्भगृहमा सम्पन्न पूजामा जानकी मन्दिरका महन्त रामतपेश्वर दास र उत्तराधिकारी महन्त रामरोशन दासले आवश्यक सहजीकरण गरेका थिए।

धार्मिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री कार्की गौशालातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ। त्यहाँस्थित गौशालाको निरीक्षणपछि उनी सोही दिन काठमाडौँ फर्किने कार्यतालिका छ।