गायिका तथा नेतृ कोमल वलीका बुवा ललितबहादुर वलीको निधन भएको छ। शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर ८५ वर्षीय वलीको मृत्यु भएको हो।

कोमलका बुवा साहित्यकार पनि हुन्। उनका कविता र राष्ट्रिय गीत संग्रह पनि सार्वजनिक भएका छन्।