पूर्व प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै कार्कीले युवा नेतृत्वप्रति विश्वास व्यक्त गर्दै जनादेश सम्बोधनमा सफल हुन आग्रह गरेकी हुन्। उनले शाहलाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा खुसी लागेको उल्लेख गरेकी छन्।
कार्कीले भनेकी छन्, “नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।”




















