इरानले कुवेतमा गरेको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ। इरानले कुवेतको एक ‘पावर डिसेलिनेशन प्लान्ट’ मा गरेको आक्रमणमा भारतीय नागरिकको मृत्यु भएको हो।
कुवेतको विद्युत् तथा जल मन्त्रालयले ‘पावर डिसेलिनेशन प्लान्ट’ मा भएको आक्रमणमा एक भारतीय कामदारको मृत्यु भएको पुष्टि गरेको छ।
आक्रमणबाट प्लान्टमा ठूलो क्षति भएको छ। अत्यावश्यक सेवा सुचारूका लागि प्राविधिक टोलीले काम गरिरहेको छ।




















