नेपाली कांग्रेसको देउवा-कोइराला समूहले नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ। धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा हुने कार्यक्रममा अहिले नेताहरू पुग्ने क्रम जारी रहेको छ। 

नेतारहरू पूर्णबहादुर खड्का, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, एनपी साउद, मीनेन्द्र रिजाल, बलबहादुर केसी, जीवन परियार, बद्री पाण्डे, महालक्ष्मी उपाध्याय 'डिना' लगायतका नेताहरू कार्यक्रम स्थलमा पुगिसकेका छन्। 

उक्त बधाई तथा शुभकामना कार्यक्रममा राष्ट्रियसभा सदस्यहरू रञ्जीत कर्ण, खम्मबहादुर खाती, चन्द्र केसी, जगत तिमलसिना, विष्णुदेवी पुडासैनी, कृष्णबहादुर रोकाया, जीतजंग बस्नेत, विष्णुकुमारी सापकोटा पुगेका छन्।

यसैगरी, प्रतिनिधिसभा सदस्य सीता थपलिया (उर्मिला), रीना उप्रेती, टेकबहादुर गुरुङ, गंगालक्ष्मी अवाले पनि कार्यक्रम स्थलमा पुगिसकेका छन्। 

यता, कांग्रेसको इतर समूह सक्रिय बनेपछि संस्थापन पक्ष छलफलमा जुटेको छ।

असन्तुष्ट समूहले समानान्तर गतिविधि शुरू गरेपश्चात् पार्टी संस्थापन समूह छलफलमा जुटेको हो।

असन्तुष्ट समूहले भोलिका लागि केन्द्रीय समिति बैठक बोलाएपश्चात सभापति गगन थापासहित केन्द्रीय पदाधिकारी अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेका कांग्रेस स्रोतले जानकारी दियो।