चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा–१ भैसेमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

चट्याङ लागेर ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार उनको उपचारको लागी झुरझुरेस्थित सान्भि पोलोक्लिनिकमा लागिएको थियो। उनलाई थप उपचारको लागि हेटौडातर्फ पठाउदाँ २३ः२५ बजे डाक्टरले मृत घोषणा गरेको हो।

चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

दुवै जनालाई माछा मारी घर फर्केने क्रममा हिडिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए।