नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिरासतबाट मुक्त भएलगत्तै उनको स्वास्थ्य अवस्थालाई लिएर सामाजिक सञ्जालमा चर्चा र व्यङ्ग्य सुरु भएको छ। नेकपाका नेता वासिम आलमले ओली रिहा भएलगत्तै निको भएको भन्दै फेसबुकमार्फत कडा कटाक्ष गरेका छन्।

सर्वोच्च अदालतको परमादेशपछि बिहीबार हाजिरी जमानीमा रिहा भएका ओली हिरासतमा रहँदा अस्वस्थ रहेको चर्चा थियो। तर, रिहा भएलगत्तै उनी स्वस्थ देखिएको भन्दै नेता बालमले फेसबुकमा लेखेका छन्, ‘त्यो प्रहरी हिरासतमा हुन्जेल हुने कडा खालको बिरामी हाजिरी जवानीमा छुट्ने बित्तिकै च्वाट्टै निको कसरी पो भैइहाल्दो रहेछ डाक्टर साब ?’

उनले आफ्नो पोस्टमा हाँसोको इमोजी प्रयोग गर्दै राजनीतिक नेताहरू हिरासतमा पर्दा बिरामी हुने र छुट्ने बित्तिकै निको हुने प्रवृत्तिमाथि प्रश्न उठाएका हुन्। 

जेनजी आन्दोलनको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि ओली र कांग्रेस नेता रमेश लेखक चैत १४ गते पक्राउ परेका थिए। हिरासतमा रहँदा नेताहरूको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुने गरेका थिए।