पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको छ।
काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीको पित्तथैलीको सफलतापूर्व अपरेसन गरिएको उनको सचिवालयले जनाएको छ। ओलीको पित्तथैलीमा पथरी रहेको थियो।
यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओली जेनजी आन्दोलन दमन गरेको आरोपमा प्रक्राउ परेका थिए। पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।
सर्वोच्च अदालत अनुसार प्रहरीले ओलीलाई अस्पतालबाट पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो। थुनामुक्त भए पनि शल्यक्रिया गर्नुपर्ने भएकोले उनी अस्पतालमै थिए।




















