मोरङको बेलबारी-७ बहुनिमा शनिबार राति सिटि सफारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा बेलबारी नगरपालिका–७ का जयन्त बस्नेतको ज्यान गएको हो ।

मृतक बस्नेत कानेपोखरी गाउँपालिका–१, होक्लाबारी डिपुमा दुग्ध डेरी व्यवसाय सञ्चालन गर्दै आएका थिए । व्यवसायका साथै उनले समय निकालेर सिटि सफारी समेत चलाउने गर्दथे ।

शनिबार राति करिब ८ बजे बेलबारीको बाहुनी चोकमा लागिरहेको सप्ताह पुराणमा यात्रुहरू पुर्‍याएर फर्किने क्रममा उनी दुर्घटनामा परेका हुन् । बस्नेतले चलाएको सिटि सफारी अनियन्त्रित भई सडक छेउको नहरमा खसेको थियो ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार, सिटि सफारीले थिच्दा  बस्नेतको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।