राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने बताएका छन्।
राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहमा राष्ट्रपति पौडेलले देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतीको पहिचान गर्नुपर्ने बताए। यसका लागि लगानीको सुनिश्चितता गर्न र सस्तो ब्याजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक रहेको उनले बताए।
मुलुकमा उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने तथा निर्यात बढाउनेतर्फ सरकार, नीति निर्माता, योजनाविद् तथा सरोकारवाला निकायबाट विशेष कार्यक्रम ल्याउन जरुरी रहेको उनको भनाइ छ। राष्ट्रपति पौडेलले कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बिमालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए।




















