राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भन्दै बोलेको अभिव्यक्तिको प्रमाण पेस गर्न माग गरेका छन्।
सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता भए पनि प्रधानमन्त्रीको अभिव्यक्ति जिम्मेवार पनि हुने बताए।
उनले अनुमानका आधारमा चिया पसलमा गरिएको जस्तो कुरा नगर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
‘अनुमानको आधारमा राष्ट्र चल्दैन भावनाको आधारमा चल्दैन। प्रमाण पेस गर्न म अनुरोध गर्छु,’ उनले भने, ‘प्रधानमन्त्रीले तथ्यबिना बोलिएको रेकर्डहरू हटाउन माग गर्दछु। यो चिया पसल होइन। नेपालले भारतको सीमा मिचेको कुरा प्रमाण पेस गर्न आग्रह गर्दछु।’




















