श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सर्वदलीय बैठक बहिष्कार गरेका छन्।

हालैको भारत भ्रमण सकेर फर्किए लगत्तै सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा शीर्ष नेताहरूसँग संवाद गर्न आज सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए। सोही बैठकलाई साम्पाङले अर्कै कार्यक्रम परेकोले बैठकमा जान नपाएको बताएका छन्।

साम्पाङ मात्र होइन, श्रम संस्कृति पार्टीका तर्फबाट अन्य कुनै पनि सांसद बैठकमा सहभागी भएका छैनन्।

सर्वदलीय बैठक सिंहदरबारमा जारी छ।