विराटचोक । मोरङको विराटचोकस्थित नेपालिरिका होटलले आन्तरिक पर्यटन प्रवर्द्धन तथा गर्मी मौसमलाई लक्षित गर्दै विशेष ‘चिल एण्ड चियर्स’ (Chill and Cheers) पुल पार्टी आयोजना गर्ने भएको छ।
होटलले आगामी २०८३ जेठ २९ गते शुक्रवार साँझ ५ बजेदेखि राति ९ बजेसम्म आफ्नो अत्याधुनिक स्विमिङ पुल परिसरमा विशेष कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो।
होटलका अनुसार कार्यक्रममार्फत पूर्वी नेपालको पर्यटन गतिविधिलाई थप चलायमान बनाउनुका साथै स्थानीय तथा बाह्य पाहुनालाई गर्मीबाट राहतसहित मनोरञ्जन प्रदान गर्ने उद्देश्य राखिएको छ।
नेपालिरिका होटलका मार्केटिङ म्यानेजर विकी राईले होटलको आधुनिक विलासिता र स्थानीय स्वादको संयोजनमार्फत पाहुनालाई विशेष अनुभव प्रदान गरिने बताए।
कार्यक्रममा लाइभ डिजे, एकाउस्टिक म्युजिक, विभिन्न रमाइला खेल तथा विशेष ककटेलको व्यवस्था गरिनेछ। साथै होटलका सेफहरूले तयार पार्ने स्वादिष्ट परिकारसहितको ‘लाइभ फुड स्टेशन’ कार्यक्रमको मुख्य आकर्षण रहने जनाइएको छ।
होटलले यस कार्यक्रमले विराटचोक तथा आसपास क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिएको छ।
कार्यक्रमका मुख्य विशेषतामा लाइभ मनोरञ्जन, पुलसाइड लाइभ किचेन, विशेष ककटेल बार तथा प्रवेश टिकटसँगै आकर्षक स्न्याक्स अफर समावेश छन्।