प्रहरीले स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ। उपत्यका प्रहरी कार्यालय टेकुको टोलीले गोरखाको सिरानचोक गाउँपालिका–९ का २४ वर्षीय स्वरुपराज दवाडीलाई पक्राउ गरेको हो। 

उनलाई काठमाडौंको न्युरोडबाट पक्राउ गरिएको हो।

दवाडीमाथि थप अनुसन्धान गर्न कार्यालयको टोलीले प्रहरी वृत्त जनसेवा पीसीसीबीमा राखेको छ। दवाडीले बोकेको झोलाबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ।