राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ। बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेका छन्।
बोर्डकी प्रवक्ता जयन्ती सत्यालले उत्तर पुस्तिका परीक्षणको काम सकिएको बताइन्। सत्यालले भनिन्, ‘नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ। उत्तर पुस्तीका परीक्षण सकिएको छ। इन्ट्री रुजुको काम भइरहेको छ। सम्भवतः असारको पहिलो हप्ता नभए दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम अघि बढाएका छौँ।’ कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो।
परीक्षामा चार लाख १८ हजार जना सहभागी भएका थिए।




















