अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन नपरेको खण्डमा सरकार फाल्ने अधिकार संसद्ले राख्ने बताएका छन्। शुक्रवारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि राप्रपा प्रमुख सचेतक खुश्बु ओलीको प्रश्नमा जवाफ दिँदा त्यस्तो बताएका हुन्।
ओलीले बजेटमा संसद्बाट स्वीकृत बजेटमाथि नियन्त्रणलाई कार्यपालिकातर्फ सार्ने विभिन्न संयन्त्र रहेको बताएकी थिइन्।
“कार्यपालिका अथवा देशको प्रधानमन्त्री नियुक्त गर्ने थलो यही नै हो। यो सार्वभौम छ। मन नपरेको खण्डमा सरकार नै फाल्न पाइने अधिकार यही थलोले राख्छ,” जवाफमा मन्त्री वाग्लेले भने, “सम्मानित सदनले राख्छ। सरकार बनाउने, सरकार ढाल्ने।”




















