मोरङको विराटनगर महानगरपालिका-९ स्थित ट्राफिक चौकबाट ११९ ग्राम लागूऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ।
जेठ २८ गते दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर BR 38 AS 6598 को मोटरसाइकलमा सवार भारतको अररिया जोगबनी-१० का १९ वर्षीय इरफान खान र विराटनगर-१७ का १९ वर्षीय इफ्रिदि मियाँलाई शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गरेको थियो।
सोही क्रममा निजहरूको साथबाट प्रहरीले ११९ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको थियो। पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।




















