नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ।
निगमले सोमबार एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको जनाएको हो।
पहिलो वर्गमा रहेको (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोलको मूल्य प्रतिलिटर २१४.५० रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य २२२.५० रुपैयाँ कायम रहेको छ।
यसैगरी, दोस्रो वर्गका रहेको (सुर्खेत र दाङ) मा पेट्रोल प्रतिलिटर २१६ रुपैयाँ र डिजेलरमट्टितेल २२४ रुपैयाँमा रहेको छ।
यस्तै, काठमाडौं, पोखरा र दिपायल समेटिएको तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ नै यथावत रहने छ।




















