बाराको कोल्हवी नगरपालिका–३, जुगुवा टोलमा मंगलबार बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ। ५० वर्षीय सोभालाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बिहान करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए। टाउको र मुखमा चोट लागेका चौधरीको उपचारका क्रममा परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहान करिब ५ बजे उनको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता मीनबहादुर घलेले जानकारी दिए।




















