नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक जना पुरुषको सकुशल उद्धार गरिएको छ। देवचुली नगरपालिका–११ स्थित धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेललाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो।

बिहीबार बिहान उनी नदीमा हाम फालेका थिए। सशस्त्रको नम्बर ३१ गुल्म नवलपरासीबाट खटिएको टोलीले उनको उद्धार गरेर सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए। उद्धारपछि उनलाई उपचारको लागि चितवन पठाइएको छ। उनको अवस्था सामान्य छ। 

त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लार्चामा नदीमा अड्किएका एक जनालाई पनि सशस्त्रले उद्धार गरेको छ। बिहीबार सोही गाउँपालिका वडा नम्बर–१ लिस्ती बस्ने २३ वर्षीय सञ्जीव विकलाई उद्धार गरिएको डीएसपी थापाले जानकारी दिए। 

उनलाई उपचारको लागी धुलिखेल अस्पताल ल्याइएको छ।