नेकपा एमाले संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसो सुरु भएको छ।
पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि आकस्मिक रूपमा एमाले संसदीय दलको बैठक बसेको हो। अध्यक्ष केपी शर्मा ओली समेत सहभागी बैठकमा आगामी दिनमा एमालेले लिने रणनीतिका बारेमा छलफल हुने नेताहरूले बताएका छन्।
पार्टीको चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलनका क्रममा उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो।
सम्पत्ति शुद्धीकरण विभागको पत्रको आधारमा पक्राउ परेका पौडेललाई मङ्गलबार बिहान काठमाडौँ ल्याइएको छ।
पौडेललाई सरकारले राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेको एमालेको आरोप छ। पौडेल पक्राउको राजनीतिक रूपमा प्रतिरोध गर्ने एमाले नेताहरूले बताइसकेका छन्।




















