रास्वपाको महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीबिच प्रतिस्पर्धा हुने भएको छ। यसअघि उपसभापतिमा दावेदारी प्रस्तुत गरेकी समिक्षा बास्कोटाले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेसँगै गौतम र कार्कीबिच प्रतिस्पर्धा हुने भएको हो।
रास्वपाको तीन उपसभापतिमध्ये एक महिलासहित दुई निर्वाचित र एक मनोनीत हुने व्यवस्था छ। एक उपसभापतिमा यसअघि नै स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन्।




















