कोशी प्रदेश योजना आयोगको रिक्त रहेको सदस्य पदमा अनिल थापा नियुक्त भएका छन्।
कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठक थापालाई सदस्य नियुक्त गर्ने निर्णय लिएको हो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नवनियुक्त सदस्य थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा थापाले शपथ ग्रहण गरेका हुन्। योजना आयोगको रिक्त सदस्य पदमा नियुक्त भएका थापाले शपथसँगै आफ्नो जिम्मेवारी सम्हालेका छन्।
कोशी प्रदेश योजना आयोग प्रदेश सरकारको विकास नीति, योजना तर्जुमा, बजेट प्राथमिकता निर्धारण, दीर्घकालीन विकास रणनीति तथा योजनाको अनुगमन र मूल्यांकनमा सुझाव दिने महत्वपूर्ण निकाय हो। सदस्यको नियुक्तिसँगै आयोगको कार्यसम्पादन थप प्रभावकारी बन्ने प्रदेश सरकारले जनाएको छ।




















