राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय चमतीमा सभापति रवि लामिछानेले शपथ गराएका हुन्। 

चितवनमा भएको पहिलो महाधिवेशनले ९९ केन्द्रीय सदस्य चयन गरेको थियो। सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य निर्वाचिन भएका थिए। 

त्यस्तै, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका थिए।  १९ मध्ये वरिष्ठ नेतासहित ११ पदाधिकारी मनोनीत हुनेछन्। ५१ केन्द्रीय समिति मनोनीत हुने विधानको व्यवस्था छ। 

शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टीअंकित चिनो वितरण गरे । रास्वपाको महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनमा चलेको थियो।