श्रम संस्कृति पार्टीका सांसद आर्यन राइले संविधान संशोधनको नाममा सङ्घीयतामा छेडखानी भएमा सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुने चेतावनी दिएको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले संविधान संशोधनका नाममा प्रदेश खारेजी लोकतन्त्र सङ्घीयता धर्मनिरपेक्षतामाथि छेडखानी गर्ने दुस्साहस गरेको आरोप लगाए।

उनले संविधान संशोधन गर्ने भए अहिलेको संविधानमा रहेको महिलाको ३३ प्रतिशत अनिवार्य रहेको व्यवस्था ५० प्रतिशत पुर्‍याउने गरी गर्न सुझाव दिए। 

आदिवासी जनजाति, दलित, मुस्लिमलगायतका समुदायको अधिकारको सुनिश्चित गर्न गर्नुपर्ने बताए। उनले सभामुख डोलप्रसाद अर्यालसँग प्रतिनिधि सभा नियमावलीको नियम ५६ को कार्यान्वयन हुन्छ भन्दै प्रश्न गरे। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले दिएको राष्ट्रघाती अभिव्यक्ति कहिले सच्चिन्छ भन्ने प्रश्न पनि गरे।