पोखरा महानगरपालिका–१८ गैरीचौतारास्थित फेवातालमा भारतीय नम्बरको कार खस्दा दुई जना मृत्यु भएको छ। मृत्यु हुनेमा भारत घर भएका २६ वर्षिय नवदीप कुमार यादव र २६ वर्षिय प्रियान्सु पाण्डे रहेका छन्।
सशस्त्र प्रहरीको गोताखोरले उनीहरूलाई अचेत अवस्थामा बाहिर निकालेको थियो। उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा शुक्रबार (भदौ १९) बिहान ६:२० मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। पोखराको लेकसाईडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको कार गति अनियन्त्रित भई सो तालमा खसेको थियो।
कारमा सवार भारत घर बताउने २७ वर्षिय अनमोल कुमार यादव र ३३ वर्षिय सुरज यादवलाई नेपाल प्रहरी र स्थानीय वासिन्दाले उद्धार गरी उपचारका लागि पोखरास्थित जिएमसी अस्पताल लगिएको छ। उनीहरुको अवस्था भने मध्यम रहेको छ।












