सरकारको विरोध गर्दा जेनजी घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा मंगलबार आयोजित कार्यक्रममा विरोध जनाएपछि जेनजी आन्दोलनका घाइते खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ र मन्त्रीहरू सहभागी थिए। 

सरकारले केही नगरेको र आफूले बोल्न पाउनुपर्ने भन्दै आवाज उठाएपछि उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।