चितवनमा गुडिरहेको कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–९ स्थित वसन्तचोक नजिक शुक्रबार बिहान बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको कारमा आगो लाग्दा एक जनाको मृत्यु भएको हो।

दमकलले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एक जना जलेर मृत अवस्थामा फेला परेका थिए। 

आगलागीबाट गाडी पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ। कारमा कसरी आगो लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।