उदयपुरको उदयपुरगढी गाउँपालिका –०७ अधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुवाहक माईक्रो बस (हायस) एक–आपसमा ठक्कर खाँदा हायस चालकसहित १७ जना घाइते भएका छन्।

बुधबार बिहान १०:०० बजेको समयमा कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना.७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा.४ ख ५६३५ नम्बरको यात्रुवाहक माईक्रो बस (हायस) एक–आपसमा ठक्कर खाई दुर्घटना भएको हो।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिई घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

दुर्घटनामा हायसमा सवार चालक तथा सहचालकसहित १७ जना घाइते भएका छन्।

दुर्घटनामा परी घाइते भएका ८ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरमा रिफर गरिएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।

घाइतेहरूको विवरण:–

१. हायसमा सवार जिल्ला काठमाडौं चन्द्रागिरी न.पा. वडा नं. १४ बस्ने वर्ष अ. ५६ की इन्दिरा श्रेष्ठ,

२. जिल्ला मोरङ सुन्दरहरैचा न.पा. वडा नं. ७ बस्ने वर्ष अ. २७ की पवित्रा भट्टराई,

३. जिल्ला काठमाडौं चन्द्रागिरी न.पा. वडा नं. १४ बस्ने वर्ष अ. ४८ की रुक माया श्रेष्ठ,

४. जिल्ला काठमाडौं चन्द्रागिरी न.पा. वडा नं. १४ बस्ने वर्ष अ. ५३ की पविना श्रेष्ठ,

५. जिल्ला मोरङ कानेपोखरी गा.पा. वडा नं. ६ रमाइलो बस्ने वर्ष अ. २४ को लबिन चौलागाई,

६. हायसको सह–चालक जिल्ला मोरङ कानेपोखरी गा.पा. वडा नं. ६ रमाइलो बस्ने वर्ष अ. ४० को देवराज बि.क.,

७. हायस चालक जिल्ला मोरङ कानेपोखरी गा.पा. वडा नं. ६ रमाइलो बस्ने वर्ष अ. ४४ को राम बहादुर बि.क.,

८. जिल्ला बाँके नेपालगञ्ज न.पा. वडा नं. ३ बस्ने वर्ष अ. २१ की लक्ष्मी गिरी

९. जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं. ३ मिलन चोक बस्ने वर्ष अ. ४२ की रस्मिला दाहाल,

१०. जिल्ला मोरङ सुन्दरहरैचा न.पा. वडा नं. ०६ बस्ने वर्ष अ. ७९ की जमुना राईको,

११. जिल्ला मोरङ सुन्दरहरैचा न.पा. वडा नं. ०६ बस्ने वर्ष अ. ४१ को एदु चन्द्र राई,

१२. जिल्ला ईलाम जोग माई न.पा. वडा नं. १ बस्ने वर्ष अ. २५ को सगुन गुरुङ,

१३. जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ६ बस्ने वर्ष अ. ३१ को डम्बर बहादुर बि.क.,

१४. जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. १ बस्ने वर्ष अ. ४० की सानु थापा,

१६. जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ६ बस्ने वर्ष अ. २० को सुदिप राई,

१७. जिल्ला काठमाडौं बुढानिलकण्ठ न.पा. वडा नं. ५ वस्ने वर्ष अ. ४३ की शान्ति न्यारिका ।