रौतहट क्षेत्र नम्बर-३ बाट नेकपा एमालेकी समानुपातिक सांसद जैनब खातुनको निधन भएको छ।
फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
बुधबार अचानक रगतमा चिनीको मात्रा बढेपछि उनलाई उपचारका लागि वीरगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिए।
खातुन मधेश प्रदेशसभामा रौतहट क्षेत्र नम्बर-३ बाट नेकपा एमालेको समानुपातिकतर्फ प्रतिनिधित्व गर्दै आएकी थिइन्।












