नेपाली काँग्रेस बेलबारी नगर कार्यसमितिमा उपसभापति, सचिव र सहसचिव पदमा सर्बसम्मत चयन भएका छन्।
सभापतिका उम्मेदवार छत्र लिम्बुको प्यानलबाट उपाध्यक्षका उम्मेदवार बनेका रिक्तबहादुर गुरुङ, सचिव सन्तोष भट्टराई र सहसचिव पदम माया कार्की (रन्जिता) सर्बसम्मत चयन भएका हुन्।
सभापतिमा छत्र लिम्बु, राजेश खत्री र उपेन्द्र सुवेदी उम्मेदवार छन्। बेलबारी-९ डाँगीहाट स्थित थारु कल्याणकारीको सभाहलमा निर्वाचन हुँदैछ। बेलबारीमा ३ सय ५८ क्षेत्रिय प्रतिनिधि मतदाताका रुपमा रहेका छन्।












