मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार कञ्चनजङ्घा,मकालु,ल्होत्से, सगरमाथा (खुम्बु क्षेत्र),लाङटाङ,मनास्लु,अन्नपूर्ण र धौलागिरी क्षेत्रका उच्च भू-भागहरूमा भीषण हिमपात भइरहेको छ। मनास्लु आधार शिविर र लार्के पास वरपर बाक्लो हिउँ परेकाले पर्वतारोहण र पदयात्रा जोखिमपूर्ण बनेको छ। मौसमविद् रोजन लामिछानेले उच्च हिमाली भेगमा हिमपात र वर्षा समेत भइहरेको बताए।
पर्यटन विभाग र टेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालले सूचना जार्दै गरी उच्च हिमाली भेगमा आरोहण तथा पदयात्रामा रहेका टोलीहरूलाई तत्काल सुरक्षित तल्लो भू-भागमा ओर्लन वा नजिकैको आश्रयस्थलमा रहन अपिल गरेको छ। थोराङ ला पास र उपल्लो मनाङ/ मुस्ताङ क्षेत्रमा पनि अत्यधिक चिसो र बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ।












