नयाँ वर्षमा मोटरहेडको ‘स्क्र्याच एण्ड क्याच अफर’
alt
  • चैत २४, २०७८ / फटाफट नेपाल

नयाँ वर्ष २०७९ को अवसरमा मोटरहेडले ‘स्क्र्याच एण्ड क्याच अफर’ सञ्चालनमा ल्याएकोे छ । एड्भेन्चर सेग्मेन्टमा पृथक पहिचान बनाएको मोटरहेडको नेपाली आधिकारीक वितरक ‘एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रा.ली’ ले नायँ वर्षको अवसरमा ग्राहकहरुलाई लक्षित गरेर यो अफर ल्याएको जानकारी दिएको छ ।

यो अफर चैत्र १५ गतेदेखि आगामी २०७९ को वैशाख ३१ गतेसम्म सञ्चालन गर्ने एस.एल.आरले जानकारी दिएको छ । अफर अन्तर्गत मोटरहेडका बाईक खरीद गरेवापद् ग्राहकले सात हजारदेखि एक लाखसम्म स्क्र्याच गरि छुट पाउन सक्नेछन् । यो अफर अवधिभर खरीद गर्ने एक जना भाग्यशाली विजेताले दुई लाख सात हजार नौ सय नगद पुरस्कार पाउने छन् । मोटरहेडका देशैभर रहेका आधिकारीक वितरका शोरुमहरुबाट लिन सकिने छ ।   

सधै नगद छुट भन्दा यस प्रकारको स्क्र्याच अफरमा ग्राहकहरुको छुटै उत्साह रहने यथार्थलाई मध्यनजर गर्दै कम्पनीले यस्तो अफर ल्याएको जानकारी दिएको  छ । मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु रहेको र १७ वटा मुख्य सहरहरुमा सेल्स÷सर्भिस÷स्पेयर को सुविधा सहित डिलर सञ्चालन गरिरहेको छ । साथै बिक्रिपछिको सेवालाई चुस्त दुरुस्त तुल्याउन कम्पनीले मुख्य मुख्य राजमार्गमा आधिकारीक मर्मत केन्द«को पनि विस्तार गर्दै आएको जानकारी दिएको छ   ।   

। हाल मोटरहेडका वाइकहरु तीन लाख पाँच हजारदेखि अधिकतम् चार लाख ५५ हजारसम्म उपलब्ध रहेका छन् । सबैको पहुचमा रहेको मोटरहेड वाइकको यहि मुल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो वाइक मन पराइएको कम्पिनीको विश्वास छ । ग्राहकसँगको सम्बन्धलाई अझ बढी नजिक बनाउन कम्पनीले बिक्रिमुलक कार्यक्रममा मात्र केन्द्रित नभई ‘कस्टोमर केयर डिपार्टमेन्ट’ पनि सन्चालनमा ल्याएको जानकारी दिएको छ   ।   

    ‘मोहर’ को शीर्ष गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक  ‘मोहर’ को शीर्ष गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक

    नायक पल शाह र नायिका नीति शाहले चलचित्र ‘मोहर’को शीर्ष गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार ...

    चलचित्र ‘महाभोज’को कथाले दर्शकहरू भावुक र आक्रोशित चलचित्र ‘महाभोज’को कथाले दर्शकहरू भावुक र आक्रोशित

    शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रि ...

    सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक

    राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक भएक ...

    हाम्रो बारेमा

    • Fatafat News and Network Pvt. Ltd.
    • Belbari, Morang, Nepal
    • Email: [email protected]
    • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
    • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
    • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
    • विज्ञापनका लागि सम्पर्क
    • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

    हाम्रो टीम

    • प्रबन्धक निरज चौधरी
    • सम्पादक मिलन कुमार खवास
    • सम्बादाता पारस सुवेदी, शंकर खत्री

    हाम्रो फेसबुक पेज